असोज-२०, पाल्पाको तानसेन नगरपालिका वडा नम्बर १ मा अवस्थित हातेमालो टोल विकास संस्थाले रम्भा गाउँपालिका वडा नम्बर २ फोक्सिङ्गकोटका पहिरो पीडित परिवारलाई राहत रकम प्रदान गरेको छ। हातेमालो टोलमा बसोबास गर्दै आउनु भएका स्थानीयबाट स्वस्फूर्त रुपमा संकलित रकम रु ३२,२७५ पहिरो पीडितलाई प्रदान गरिएको संस्थाका अध्यक्ष विजय प्रकाश आलेले बताउनु भयो। प्राकृतिक बिपत्तिमा परेका रम्भाका पहिरो पीडित परिवारलाई टोल विकास संस्थाले प्रदान गर्ने रकमले थोरै भए पनि राहत पुग्ने अध्यक्ष आलेले बताउनु भयो। सोमबार पहिरो पीडितकै घरम पुगेर राहत रकम वितरण गरिएको हो। आफ्नै जिल्लामा यसरी प्राकृतिक बिपत्ति आइपरेकोबेलाम संस्थाले सहयोग गर्नु पर्ने महशुस गर्दै उक्त रकम संकलन गरिएको अध्यक्ष आलेले बताउनु भयो। सहयोगको लागि चलाइएको अभियानमा साथ दिने सवै हातेमालो टोल निवासी सम्पूर्ण बासिन्दाहरुप्रति आभार समेत व्यक्त गर्नु भयो। संकलित रकम सोमबार संस्थाका सल्लाहकार दोलख बहादुर हस्तान्तरण गर्नु भएको हो । गत असोज ८ गते गएको पहिरोमा परि एक जना गर्भवती महिला सहित पाँच जनाले ज्यान गुमाएका थिए।



Discussion about this post