स्याङ्जाको बिर्घा पहिरो पीडितलाई बिर्घा समाज पोर्चुगलको सहयोग

12
SHARES
98
VIEWS

मीन थापा , स्याङ्जा : २१ असोज , स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ गौतम टोलमा गत असौज ८ गते अविरल बर्षाको कारण घर माथिबाट खसेको पहिरोले विस्थापित बाबुराम गौतम र आउमाया नेपालीको परिवारलाई परदेशबाट बिर्घा समाज पोर्चुगलले आर्थिक सहयोग गरेको छ। पहिरोमा परि बाबुराम गौतमका छोरा विष्णु गौतमले ज्यान गुमाएका थिए ।

मृतक विष्णु गौतम र विस्थापित आउमायाको परिवारलाई २५०००/- २५०००/- रुपैयाँ र मृगौला रोग पीडित सुमन परियारको स्वास्थ्योपचारको लागि रु १८,०६१/- रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको बिर्घाबाट सुन्दर पाण्डेयले बताउनु भएको छ ।

सहयोग रकम वडा नं ४ का वडा सदस्य तुलसा नेपाली, स्थानीय समाजसेवी गणेश पाण्डेय तथा अन्य महानुभावहरुको उपस्थितिमा हस्तान्तरण गरिएको हो। गत असार ३० गते खहरेमा प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउनु भएका तथा विस्थापित परिवारहरूलाई समेत बिर्घा पोर्चुगल समाजले रु १,६३,२००/- रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

गाउँसमाजको दुखमा मह्लम लगाउने उद्देश्यले बिर्घा पोर्चुगल समाजले गरेको सहयोगलाई पीडित परिवार एवं स्थानीय बासिन्दाहरुले अन्तर हृदयदेखि धन्यवाद एबम आभार प्रकट गरेको बिर्घाबाट सुन्दर पाण्डेयले बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार