जि-नाइन प्रजातिको केराका बिरुवा हुर्कने क्रममा

12
SHARES
100
VIEWS

जिके पाण्डेय , असोज -२१, कालीगण्डकी एग्रीकल्चर रिसर्च एन्ड टुरिजम बिजनेस प्रा.लि. काली गण्डकी ३,निरामसिल स्याङ्जामा एकैपटक एक हजार इजरायली(जि नाइन) जातकाकेरा बोटहरु लगाइएका छन् । उक्त कृषि फार्ममा करीब १००० बिरुवा हुर्किने क्रममा रहेका छन् ।
अहिले बिरुवा रोपेको ३ महिना पुरा भएको र ९ महीनाबाट फल दिन सुरुहुने काली गण्डकी एग्रिकल्चर रिसर्च एण्ड टुरीजम बिजनेस प्रालीका प्रमुख डोलराज पाण्डेयले जानकारी दिनुभयो। स्याङ्जामा कोरोना महामारी पछि युवा जनशक्ति ब्यवसायिक कृषिमा आकर्षित भएका छन् । कोरोना महामारीका कारण स्वदेश फर्केका युवाहरुलाई माटोमा सुन फलाउने बातावरण सरकारका सबै निकायले मिलाएको खण्डमा मात्र समृध्द नेपाल सुखी नेपालीको सपना साकार हुने देखिन्छ।

हुर्कदै गरेका केराका विरुवाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार