गुल्मीको रुरुमा कृषकहरुले उन्नत जातका बाख्रा पाए पछि उत्साहित

13
SHARES
105
VIEWS

चुरामणि तिमिल्सिना

असोज २१ , गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ भट्कुवामा बाख्रा बितरण कार्यक्रम सम्पन्न भएको छ । पाहार पाखो सामुदायिक बन उपभोक्ता समितिले भट्कुवाका बन उपभोक्ता समूहका सदस्यहरुलाइ जनही बत्तिस सयका दरले ५ जनालाइ बाख्रा बितरण गरेको र थप तीनजनालाई आगामी दिनमा बितरण गरिने बन उपभोक्ता समितिका अध्यक्ष हबलदार धन बहादुर बिकले जानकारी गराउनुभयो। उन्नत जातको बाख्रा बितरण कार्यक्रममा प्रमुख अतिथी रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ का वडा सदस्य फर्सुराम ज्ञवाली रहनु भएको थियो। उक्त कार्यक्रममा पूर्व उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर चन्द, सञ्चारकर्मी सुशील श्रेष्ठ लगायतका व्यक्तित्वहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ज्ञवालीले स्थानीय टोलवासी हरुको मुहार फेर्नका लागि यस्तै सामाजिक संस्था , उपभोक्ता समिति , महिला समूहको भुमिका प्रमुख हुने भएकाले यस्ता सामाजिक संस्थाहरुलाई यसतर्फ उत्तरदायी बन्न जोड दिनु भयो।
अति बिपन्न बर्गका राम बहादुर बिक, लक्ष्मी ज्ञवाली , मिना बिक , बिष्णु ज्ञवाली र कृष्ण बिकलाई उन्नत जातका बाख्रा बितरण गरिएको थियो। बाख्रा पाउँदा कृषकहरुले आफुहरुमा खुसी छाएको र यसैबाट आफ्नो जिवन-स्तर उकास्न ठूलो भूमिका खेल्ने बताएका छन् । उक्त कार्यक्रमको संचालन समितिका सचीव गिरि प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार