असोज -२२ , पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमणको पुुष्टि भएको छ। जम्मा १८ हजार ४ सय ७३ पिसिआर परिक्षण गरिएकोमा आज ४ हजार भन्दा बढिमा कोरोना भाईरसको पुष्टि भएको हो। यो संगै हाल नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। वितेको २४ घन्टामा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय पचहत्तर रहेको छ भने ४ हजार ४ सय ६० क्वारेन्टिनमा, आईसियुमा २ हजार २ सय ३५ जना र भेन्टिलेटरमा ४२ जना रहेका छन्। थप १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भए संगै नेपालमा मृतकको संख्या ५९० पुगेको छ।
Discussion about this post