अब पाल्पामै कोरोना परीक्षण सुरु

14
SHARES
114
VIEWS

विष्णु पान्डेय


असोज -२२, पाल्पामा पनि कोरोना (कोभिड–१९) भाइरसको परीक्षण सुरु भएको छ ।
अस्पतालले एक सूचना जारी गर्दै पाल्पामै कोरोना परीक्षण सफलतापूर्वक सुरुवात भएको जनाएको छ ।
संघीय सरकारले पाल्पा अस्पताललाई कोरोना परीक्षणका लागि आवश्यक पीसीआर मेसिन सहित किट र सामग्री उपलब्ध गराएको थियो । मेसिन जडान भएसँगै विहिबारदेखि सर्वसाधारणको नमूना परीक्षण गरिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए । पाल्पामै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएको र परीक्षणको रिपोर्ट पनि अब छिटो आउने अध्यक्ष पाण्डेयले बताए ।
पाल्पामा यो प्रविधि आएसँगै अब पाल्पा लगायत छिमेकी जिल्ला गुल्मी,अर्घाखाँची, स्याङजामा संकलन भएका नमूना समेत यहि परीक्षण हुनेछ ।
काजिपौवाको ल्यावमा परीक्षण हुने कोरोनाको लागि प्रत्येक दिन विहान ८ बजेदेखि २ बजेसम्म नाम दर्ता गर्न सकिने सोही दिनको स्वाव संकलनको लागि र त्यस पछि नाम दर्ता भएकाको अर्कोदिन स्वाव संकलन गरिने गरी सेवाको सुरुवात भएको अस्पतालले जनाएको छ । स्वावको परीक्षण अपरान्न १२ देखि २ बजेसम्म हुने अस्पतालले जनाएको छ । स्वाव परीक्षणको लागि नेपाल सरकारले तोकेको शुल्क २ हजार लाग्ने छ । तर स्थानिय तहबाट आएकाहरुलाई स्वास्थ्य कार्यालयको सिफारिसका आधारमा निशुल्क परीक्षण हुने अस्पतालले जनाएको छ ।
संघीय सांसद सोमप्रसाद पाण्डेले स्वास्थ्य सेवा विभागबाट प्राप्त पिसिआर ल्याव सञ्चालनका लागि आवश्यक पर्ने किट तथा स्वास्थ्य सामग्री यस अघि नै अस्पताललाई उपलब्ध गराएका थिए । उनले झण्डै २२ लाख बराबरको स्वास्थ्य सामग्री अस्पतालाई उपलब्ध गराएका हुन् । यसअघि जिल्लाबाट कोरोना शंकास्पद बिरामीको नमूना परीक्षणका लागि स्वाव संकलगन गरी प्रादेशिक प्रयोगशाला रुपन्देही र काठमाडौंको पठाउने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार