चुरामणी तिमिल्सिना असोज -२३ , रुरु काठमाडौ महिला मन्चले गुल्मीको रिडीमा स्वास्थ सुरक्षा सामाग्री उपलब्ध गराएको छ। रुरु क्षेत्र गाउँपालिकाको वडा नम्बर १को वडा कार्यलयमा औपचारिक कार्यक्रमका साथ स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। रिडिमा रहेको रुरु प्राथमिक स्वास्थ केन्द्र, भट्कुवा स्वास्थ चौकी, ईलाका प्रहारी कार्यलय रिडी र रिडीका मजदुर लगायतलाई माक्स, सेनेटाइजर टिटोल साबुन र गल्बस प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो ।कार्यक्रममा जनप्रतिनिधि , महिला समूह, युवा क्लब , सुरक्षा निकाए ,पत्रकार राजनितीक दल मजदुरका प्रतिनिधिहरु, समाजसेवी तथा कार्यलयका कर्मचारीहरुको सहभागीता रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष बिकले माइती देशमा यसरी स्वास्थ्य सामाग्रीका सामानहरु पठाउनु भएकोमा धन्यवाद प्रकट गर्नुभयो । साथै यस्ता रचनात्मक कार्यहरु गर्नको लागि महिला मन्च लाई अग्रिम बधाई तथा शुभकामना प्रदान गर्नुभएको थियो। दुखका दिनमा माइती चेलिहरुले सामान पठाउनु भएकोमा कार्यक्रमका अन्य बक्ताहरुले धन्यवाद प्रदान गरेका थिए भने कार्यक्रमको सन्चालन वडा सचिब गोबिन्द प्रसाद पौडेलले गर्नुभएको थियो।
Discussion about this post