कालीगण्डकी करिडोर रिडी-रुद्रबेणी सडकखण्ड संचालनमा

17
SHARES
144
VIEWS


चिरञ्जीवी ज्ञवाली
असोज -२३, गत ११ दिन देखि अवरुद्ध रहेको कालीगण्डकी करिडोर अन्तर्गतको रिडी रुद्वबेणी सडक खण्ड आज बाट संचालनमा आएको छ। बिगत १२ दिन अघि बाट नेकपाका नेता हिमाल श्रेष्ठ ,रुरु गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम ,गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतराज शर्मा , गुल्मीका सशस्त्र ,जनपथ डिएसपि लगायतका व्यक्तित्वहरुको निरन्तर प्रयासमा पहिरो पन्छ्याएर बाटो खुलेको हो। कहीदिन यता पहिरो झर्न रोकिए पछि युवा समाजसेवी तथा नेकपा नेता हिमाल श्रेष्ठ र युवा समाज सेवि भागवत गिरिको विशेष पहल र समन्वयमामा पहिरोको दुबै खण्ड बाट राजेश्वरि कन्ट्रक्सन र सगुन कन्ट्रक्सनको स्काबेटर चलाएर अबरुद्द बाटो खुलेको चिरन्जीवी ज्ञवालीले रुरुबाट जानकारी दिए।निरन्तर कार्य गरेर सडक पुर्णरुपमा संचालनमा आएको बताइएको छ। निरन्तर कार्य गरेर बाटो खुलेको नेता हिमाल श्रेष्ठले जनाउनु भएको छ ।

सडक खुले पछि गुडेका सवारी साधन हरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार