पछिल्लो २४ घण्टामा थप २ हजार ५९ संक्रमित थपिए

12
SHARES
99
VIEWS

असोज- २३ ,पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै कोरोना संक्रमितको संख्या नेपाल एक लाख नाघेको छ। नेपालमा कुल एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेका छन् भने होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार