विष्णु पान्डेय
पाल्पा, असाेज २३ वर्षा पाण्डेयकाे अध्यक्षतामा युनेस्को समाज पाल्पाकाे ९ सदस्यिय तदर्थ समिति गठन भएको छ ।
पाल्पाकाे समग्र शान्ति,सुरक्षा,शिक्षा र सँस्कृति , साथै मानअधिकारका क्षेत्रमा कार्य गर्ने हेतुले गठित सस्थाकाे उपाध्यक्षमा सुदिप्क्षा पराजुली चयन भएकि छन् । जसकाे सचिवमा सिर्जना पाण्डे,सह-सचिवमा निश्चल पाैडेल,काेषाध्यक्षमा मिना बस्याल र सदस्यहरूमा क्रमशः मनिषा शर्मा,रेश्ना श्रेष्ठ,राजेश भट्टराई र पुजा पाैडेल चयन भएका छन् । पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेयले आगामी दिनमा युनेस्को समाज पाल्पाले जिल्लाकाे शान्ति,सुरक्षा,शिक्षा र सस्कृतिकाे क्षेत्रमा काम गर्ने बताईन । साथै उनले जिल्लाका १० अाेटै स्थानीय तहहरूमा संगठन विस्तार गरि स्थानियमा नेतृत्व प्रदान गर्ने संस्थाकाे उद्वेश्य रहेकाे बताईन । उक्त तदर्थ समितिकाे गठन युनेस्को समाज पाल्पाका प्रतिनिधि सुवास गैरेकाे नेतृत्वमा सम्पन्न भएको थियाे ।

Discussion about this post