असोज -२४, नेपालमा आज एकै दिन पाँच हजार आठ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उन्नाइस हजार तीन सय बीस जनामा गरिएको पिसिआर कोरोना परिक्षणमा एकै पटक अत्याधिक सङ्ख्यामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या एक लाख पाँच हजार छ सय चौरासी जना पुगेको छ। यस्तै गरि गएको २४ घण्टामा नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६ सय चौध जना पुगेको छ।
Discussion about this post