चुरामणी तिमिल्सिना , असोज -२५ , गुल्मीको छ्त्रकोट गाउँपालिका वडा नम्बर ४शृङगा रुप्सेमा करिब एक करोड लागतमा शिव मन्दिर निर्माण भैरहेको छ। झन्डै १०० वर्ष पहिलेको गौरवमय इतिहास बोकेको मन्दिर जिर्ण अवस्थामा पुगेकोले पुन: पुरानै शैलीमा निर्माण गरिएको मन्दिर निर्माण समिताका अध्यक्ष लक्ष्मण कँडेलले बताउनु भयो। निर्माण समितिको निर्णयअनुसार आधुनिक व्यवस्थित , कम्पाउन्ड , आश्रम , ठूलो घण्टा , ठूलो मूर्ति , कार्यक्रम संचालनको ट्रस्ट सहितको भब्य मन्दिर बनाउने थप योजना रहेको मन्दिर निर्माणको लागि जग्गादाता लक्ष्मी कँडेलले जानकारी दिनुभयो। मन्दिर निर्माणका लागि मन्दिरका संस्थापक स्व• शर्मानन्द कंडेलको सम्झनामा परिवारका सदस्य हरु (लक्ष्मी कंडेल , कृष्ण कंडेल , लक्ष्मण कंडेल , राधिका कंडेल , भुवन कंडेल , जमुना खरेल (कंडेल ), श्रीधर कंडेल )द्वारा मन्दिर देखि आश्रम निर्माणका लागि जग्गा प्रदान गर्नु भएको हो।कंडेल परिवारले बिगत लामो समय देखि सामाजिक कार्यमा रुचि देखाउदै आएका छन् । केही वर्ष पहिले आफ्ना स्व पति तथा पिता बिष्णु प्रसाद कंडेलको स्मृतिमा पाल्पाको अर्गली देउराली डाँडामा आफ्नै लगानीमा आकर्षक आधुनिक प्रतीक्षालय निर्माण गरेका थिए। स्व बिष्णु प्रासद कंडेलको सवारी दुर्घटनामा सोही ठाउँमा मृत्यु भएको थियो। यता हजुरबुबाले स्थापना गरेको मन्दिर भएकोले आफूले मन्दिर निर्माणको लागि जग्गा उपलब्ध गराएको लक्ष्मण कंडेलले बताउनु भयो। निर्माणाधीन मन्दिर निर्माणका गुठी सम्पत्ति पर्याप्त भएकोले अन्य सहयोग संकलन गर्न नपरेको मन्दिरका सहयोगी पोमलाल कंडेलले बताउनु भयो। यस मन्दिरमा दैनिक नित्य रुद्री पूजा समेत हुँदै आएको छ। निर्माणाधीन अवस्थामा रहेको मन्दिर करिब दुई महिना भित्र सकिने र तत्पश्चात बिधिवतरुपमा उद्घाटन तथा मूर्ति प्रतिस्थापन गर्ने योजना रहेको मन्दिर निर्माण सहयोग गर्दै आउनु भएका (जग्गादाता)भुवन कंडेलले बताउनु भयो।
Discussion about this post