नेपालमा थप ४०४७ जना कोरोना संक्रमित थपिए

13
SHARES
106
VIEWS

असोज- २६ , नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढ्ने क्रम सोमबार पनि रोकिएन । पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना भाइरस संक्रमितको सङ्ख्या एक लाख ११ हजार आठ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १४ हजार पाँच सय ३० जनाकाे नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएकाे छ । त्यस्तै गएको २४ घण्टामा एक हजार चार सय ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७७ हजार दुई सय ७७ पुगेको छ ।

अब नेपालमा ३३ हजार आठ सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै चार हजार आठ सय ३१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा नौ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार