कालीगण्डकीमा पनि बेरोजगार युवाहरुलाइ सिपमूलक तालिम प्रदान गरिने

20
SHARES
169
VIEWS

असोज २७ , कोभिड -१९ को कारणले बेरोजगार भएका युवाहरुलाइ स्वरोजगार बनाउनका लागि गण्डकी प्रदेश सरकारले विभिन्न बिधामा सिपमूलक तालिम प्रदान गर्ने भएको छ। कालीगण्डकी गाउँपालिकामा विभिन्न कारणले रोजगारी गुमाइ वा बेरोजगार व्यक्तिहरुलाइ लक्षित गरि यो कार्यक्रम ल्याइएको हो। तालिममा सहभागी हुनको लागि गाउँपालिका भित्रका सम्बन्धित वडा कार्यालयमा नगरिताको प्रमाणपत्रको प्रतिलिपी , शैक्षिक योग्यताको प्रमाणपत्र भएको खण्डमा सो को प्रतिलिपी र अन्य कुनै पेशामा आवद्ध भए सो को विवरण समेत उल्लेख गरि कार्तिक २० गते सम्म वडा कार्यलयमा सम्पर्क राख्न अनुरोध गरिएको छ । सिपमूलको तालिममा प्लम्बर , मोटर साइकल मर्मत , इन्लेट्रोनिक्ल , लेथ अपरेटर मेशेनरी सामानको पार्टपुर्जा बनाउने , छाला जुत्त चप्पल बनाउने , सिलाइ कटाई , पेन्टीङ रङरोगन , आल्मुनियम फिटिङ , गाडी मर्मत , वाइरिङ , मोबाइल मर्मत , कम्प्युटर मर्मत , वायडिङ ग्रील , सुनचाँदी , टायल मार्बल मार्बल बिच्छ्याउने र हेयर जटिङ आदि बिधामा तालिम प्रदान गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार