चुरामणी तिमिल्सिना असोज -२८ ,गुल्मी सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीका झन्डै ६५ जना कृषकहरुले बिगत केहि बर्ष देखि अदुवा खेतिबाट जीवनयापन गरिरहेका छन । वडा नम्बर १ थुम्का द्वागाका ५० बर्षका सेर बहादुर चौहान यतिखेर यो समयमा अदुवाको गोडमेल गर्ने कार्यक्रममा जुटिरहनु भएको छ ।मुख्य मन्त्री ग्रामिण बिकास कार्यक्रम अन्तर्गत सत्य बति गाउँपालिका वडा नम्बर १ मा अदुवा खेतिले राम्रो सफलता पाएको वडा नम्बर १ का वडा अध्यक्ष भिमलाल पाण्डेले जानकारी दिनु भयो । पाण्डेले यो ग्रामीण कार्यक्रममा कृषकहरुरुले मागे अनुसारको बिरुवा तथा अन्य उपकरणहरुको सुबिधा दिइएको बताउनुभयो । गाउँमा दिल बहादुर , हिम बहादुर तथा गिर बहादुरले अदुवा खेती बाट एक सिजनमा झन्डै ३ लाख सम्म आम्दानी लिन सफल भएको सेर बहादुर चौहानले बताउनु भयो । यस्तै अस्लेवामा कृषि क्रान्ति गर्नका लागि केरा खेती , टमाटर कागती खेती सुरु गरिएको गाउँ पालिकाका अध्यक्ष पारिशवर ढकालले बताउनुभयो ।गाउँपालिकाले बिगत वर्ष देखि आफ्नो पालिका भित्र विभिन्न क्षेत्रमा पकेट क्षेत्र घोषणा गरेर अभियान सुरुगरिएको अध्यक्ष ढकालले बताउनुभयो । यहाँ चेहेमी देखि चोरकाटे सम्म दुग्ध करिडोर , ठुलोलुम्पेक तथा लिम्घा जुनियामा बाख्रा पकेट क्षेत्र ,लुम्पेक तथा ज्वाङमा टमाटर पकेट क्षेत्र , भार्सेमा किबि क्षेत्र घोषण गरे सगै किसानहरुले आम्दानी लिन थालेको पालिकाकि उपाध्यक्ष सुबर्ण शेरचन शाहीले बताउनुभयो ।यस कार्यक्रमका लागि राखीएको सम्पुर्ण बजेट यसैमा खर्च गरेर बिदेश गएका युवाहरुलाइ यहि आफ्नो जन्म भुमिमा फर्किएर सीप र क्षमतालाई प्रदर्शन गरेर आयअर्जन गर्नका लागि सबै सुबिधा मिलाइदिने गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिसोर रेग्मीले बताउनुभएको छ।
Discussion about this post