राजन भट्टराई असोज -२८ लकडाउन खुले पछि सामान्य बन्दै गएको स्याङ्जाको जनजीवन पुनः प्रभावित हुन थालेको छ।। कोरोना संक्रमण रोकथामको लागि थप चुनौती थपिएको भन्दै भिरकोट नगरपालिकाले आज राती १२ बजे बाट लागू हुने गरि कार्तिक ३ गते सम्मको लागि नगर क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ को कारणले भीरकोट नगरपालिका वडा नम्बर २ कि एक महिलाको मृत्यु भएकोले कोरोना संक्रमण समुदाय स्तरमा फैलिन नदिन ५ दिन सम्म नगरपालिका बन्द गर्ने निर्णय गरिएको भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनु भयो। बन्द अवधी भर नगरपालिका भित्रका अत्यावश्यक सेवाका बाहेक अन्य सम्पूर्ण सेवाहरु, बैंक तथा बित्तीय संस्था , शैक्षिक संस्था र अन्य कार्यलयहरु बन्द रहने नगरपालिकाका प्रमुख खनालले जानकारी दिनु भयो । साथै नगरपालिकाले एक सूचना जारी गर्दै बिदेश वा जिल्ला भन्दा बाहिरबाट भिरकोट नगरपालिका प्रबेश गर्ने व्यक्तिहरुले ७२ घण्टा भित्रको पिसिआर नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने बताएको छ। विशेष गरि बजार क्षेत्रमा अत्यावश्यक कामले घर बाहिर वा अन्यत्र जानुपर्ने अवस्था आएमा सम्बन्धित वडाको वडा अध्यक्ष संग सम्पर्क गरि अनुमती लिन पर्ने नगरपालिकाले बताएको छ। नगरपालिकाभित्र कुनै प्रकारको सभा , सम्मेलन , प्रशिक्षण , अन्तरक्रिया , गोष्ठी तथा शुभकामना आदानप्रदानका कार्यक्रमआयोजना गर्न निषेध गरेको छ।हाल स्याङ्जामा चापाकोट नगरपालिका अनिश्चितकालको लागि बन्द गरिएको छ।
Discussion about this post