स्याङ्जा युके समाज द्वारा बाढीपहिरो पीडितलाई सहयोग रकम हस्तान्तरण

12
SHARES
102
VIEWS

असोज -२९ स्याङ्जा समाज युके द्वारा कालीगण्डकी गाउँपालिका र वालिङ नगरपालिकाका बाढिपहिरो पीडितलाई सहयो रकम हस्तान्तरण गरेको छ। कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ खहरे र बिर्घा कट्टीका आठ परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको थियो। खहरेका बाढीपहिरो पीडितहरुलाइ जनही २०/२० हजारका दरले सहयोग रकम प्राप्त गरिएको छ। यस्तै बिर्घाका पहिरो पीडित बाबुराम दमै र आउमाया दमैलाई १५/१५ हजारका दरले राहत रकम प्राप्त भएको छ। बिर्घा कट्टीमा पर्खाल भत्किदा सत्र वर्षीय बिष्णु दमैको मृत्यु भएको थियो। यस्तै गरि वालिङ नगरपालिकाका ११,१२ र १४ का बाढीपहिरो पीडितलाई राहत रकम हस्तान्तरण गरिएको छ। एकै परिवारका आठ जनालाई २८००० , दुर्गा थापाको परिवारलाई बाह्र हजार र नाबालकका परिवारलाई दस हजार प्रदान गरिएको थियो। राहत रकम वितरण कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाण , स्याङ्जा युके समाजका प्रतिनिधि तथा सल्लाहकार लक्ष्मीप्रसाद गुरुङ र नेपाल मगर संघ स्थानीय संयोजक दर्शन राना मगरको उपस्तिथि रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार