कालीगण्डकीका बिद्यालयले कटायो दशै बिदा

12
SHARES
102
VIEWS

कार्तिक -१ , कालीगण्डकी गाउँपालिका भित्र रहेका बिद्यलयहरुले दशै बिदालाई कटौती गरे संगै सिकाइ सहजीकरणका कक्षाहरु कार्तिक ६ गते सम्म संचालन हुने भएका छन् । कोरोना महामारीका कारण लामो समयसम्म बिद्यालय बन्द हुँदा पठनपाठन क्रियाकलापमा प्रभाव परेको भन्दै दशै बिदा कटौती गरिएको हो।कालीगण्डकी गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुलाइ सिकाइ सहजीकरणका कक्षाहरु कार्तिक ६ गतेसम्म संचालन गर्न १२ गते देखि नै पुनः बिद्यालय संचालन गर्न परिपत्र गरिएको कालीगण्डकी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भिम श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार विद्यार्थीहरुको सिकाइ उपलब्धि मापनको लागि अनिवार्य बिषयहरुको आइतबारबाट परिक्षा संचालनको कार्य योजना रहेको बताउनु भयो। हाल कालीगण्डकी गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयहरुले सिकाइ सहजीकरणका कक्षाहरु संचालन गर्दै आएका छन् । यसै बिच समुदायका एक जनामा कोरोना संक्रमितको पहिचान भएकोले धुर्व ज्योती माविले सिकाइ सहजीकरणका कक्षा स्थगन गरेको बिद्यालयका प्रधानाध्यापक हिरा बहादुर गाहाले बताउनु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार