पाल्पाको रिब्दीकोटमा ह्विलचियर बितरण

13
SHARES
109
VIEWS

चुरामणी तिमिल्सिना कार्तिक -१ , रिब्दीकाेट गाउँपालिका वडा नम्बर १ ख्याहा पाल्पामा ह्विल चियर तथा छडि बितरण कार्यक्रम सम्पन्न भएको छ । वडा समितिका अध्यक्ष विष्णु प्रसाद गैरेकाे अध्यक्षता उक्त कार्यक्रम रहेको थियोे ।कार्यक्रममा प्रमुख अतिथी रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि सि रहनुभएको थियो। वडा भित्र बसाेबास गर्ने अपाङग व्यक्तिहरूलाइ जम्मा ६ वटा ह्विल चेयर, २ वडा सेताे छडी र १ वडा बैशाखी वितरणा गरिएकाे थियाे। कार्यक्रममा समाजसेवी , जन्प्रतिनिधी कार्यलयका कर्मचारीहरु लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि जिसिले अपांग भएका ब्याक्ति हरुलाइ पालिकाले हरेक कार्यक्रममा सहभागिताको अबसर प्रदान गर्ने , विभिन्न तालिम तथा गोष्ठीहरु सन्चालन गर्ने तथा सिपमुलक कार्यक्रम समेत सन्चालन गर्ने योजना समेत बनाइरहेको बताउनुभयो । कार्यक्रम मुख्यमन्त्रि ग्रामिण विकास कार्यक्रम लुम्विनी प्रदेश मुकाम बुटवलकाे अार्थिक सहयाेग र रिब्दीकाेट गाउँपालिकाकाे समन्वयमा संचालन भएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार