बिदेशीको जागिर छोडेर गाई फार्ममा रमाउदै गुल्मीका एक युवा

13
SHARES
105
VIEWS

चुरामणी तिमिल्सिना ,कार्तिक १,साउदी अरबको जागिर छोडेर आफ्नै गाइ फर्ममा दुध उत्पादन गर्दा आन्दको महसुस भएको रुरु ४ का रमेश प्रसाद श्रेष्ठको भनाइ छ । उनी झन्डै ७ बर्षको समय दुबै, मलेसिया, तथा साउदिका विभिन्न खाडिको देशमा काम गरेको बताए । बिदेश बसेर राम्रो आम्दानी नभए पछी तथा परिवारलाई संतोषजनक आम्दानी देखाउन नसके पछी आफू नेपालमै आएर आफ्नै जगामा १८ लाख लगानीमा २०७२ साल देखि घ्यूबेसि पशु-पालन तथा डेरि फर्म सन्चालन गरेर आफुले मनज्ञ आम्दानी लिन सफल भएको श्रेष्ठको भनाइ छ । फर्म सन्चालन गर्दा ८ जनाले सुरु गरे पनि उनी हरु सबैले छोडेपछि आफुले भने निरन्तरता दिदै आएको रमेश प्रसाद श्रेष्ठले बताए । अहिले उन्नत जातका ६ गाइ रहेका र दौनिक६० लिटर दुध उत्पादन भएको छ। यति मात्र नभई दिगाम धरमपानिका कृषकहरुको भैसिको दूध समेत खरिद गरेर दैनिक २०० लिटर घर-घरमा पुर्याउने गरेको उनको भनाइ छ। अनुदानको नाममा जिल्ला पशु सेवा कार्यलय गुल्मिबाट २ लाख ५० हजार , रुरु क्षेत्र गाउँपालिका बाट ५० प्रतिशत अनुदानमा एउटा डि -फ्रीज र वडा नम्बर ४ बाट , कृषि तथा पशुपालन कार्यक्रम अन्तर्गत रु २८ हजार दूध बिक्री गरेबापत प्रतिलिटर २ रुपियाँ अनुदान प्राप्त गरेको उनकी श्रीमती कमलाले जानकारी गराइन। यता पालिका तथा अन्य निकाय हरुले सहयोग गरेमा गाइको संख्या बढाउने तथा केही युवाहरूको संख्यालाई रोजगार समेत दिन तयारी गरिरहेको फर्म सन्चालकको भनाइ छ। आफू जस्तै बिदेश गएका तमाम युवाहरूले आफुहरु बिदेशको जागिरलाई छोडेर केही समयपछि आफू संग सहकार्य गरेर अगाडी बढ्ने समेत प्रतिबद्धता ब्यक्त गरेका छन । यसै सन्दर्भमा रुरु क्षेत्र गाउँपालिकाका वडा नम्बर ४ का अध्यक्ष पर्सुराम ज्ञवालिलाई वार्डको तर्फबाट कृषकलाइ कस्तो कार्यक्रम ल्याउने तयारी गरिरहनु भएको छ भनेर जिज्ञासा राख्दा कृषि तथा पशुपालन कार्यक्रम अन्तर्गत खर्च गरिने सम्पुर्ण रकम पालिका तथा वार्डको समन्वयमा सहयोग गर्ने र अन्य क्षेत्रबाट समेत बिबिध शीर्षकमा हौसला प्रदान गर्ने कार्यक्रम सन्चालन गरिने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार