चुरामणी तिमिल्सिना कार्तिक -२, सामाजिक कार्यमा सक्रिय रहेको संस्था पहिलाे पाइला नेपाल तानसेन पाल्पाकाे अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले लेख बहादुर कुँवरलाई अध्यक्षमा चयन गरेको छ । पहिलो पाइला नेपालकाे विधि र विधान अनुसार अधिवेशन प्रत्येक २ बर्षमा गर्नुपर्ने भए अनुसार साेहि अनुरूप अधिवेशन सम्पन्न भएको हाे । जस्काे उपाध्यक्षमा कृष्ण राउत,महिला उपाध्यक्षमा अस्मिता जिसी, सचिवमा सुवास पाेखरेल, सह सचिवमा प्रदिप ज्ञवाली, काेषाध्यक्षमा किशाेर पाैडयाल तथा सदस्यहरूमा अन्नत पन्थी,जीवन तिवारी,सुस्मिता बस्नेत, ओम प्रसाद पाण्डे तथा माधव भण्डारी रहनु भएको छ । नवनियुक्त अध्यक्ष कुँवरले पहिलो पाईला नेपाल तानसेन पाल्पाले विगतका दिनहरूमा पनि सकृय भइ काम गरिरहेकाे बताउदै अागामी दिनहरू अझ सामाजिक कार्यमा सकृयताका साथ कार्य गरि सबैको मन मनमा पहिलो पाईला नेपाल तानसेन पाल्पा रहन सक्ने गरि काम गर्ने बताउनु भयाे । संस्थाले गरीब तथा बिपन्न बर्गका बिद्यार्थी मात्र नभई वृद्ध वृद्धाहरुलाइ समेत समय समयमा सहयोग प्रदान गरेको संस्थाका सचिब सुबास पोख्रेलले जानकारी गराउनुभयो । छोटो समयमा यस संस्थाल्व सामाजिक तथा बिद्यार्थी बर्गका लागि कार्यक्रम प्रदान गर्दा अभिभावकहरु समेत खुसी भएका भएका छन् ।
Discussion about this post