चुरामणी तिमिल्सिना कार्तिक -२ ,जनता माध्यमिक बिद्यालय सत्यवती १ अस्लेवा गुल्मिका १० जना बिपन्न परिवारका बिद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गरिएको छ । सोही वडाका समाजसेवी तथा बिद्यालयका आजीवन सदस्य लक्ष्मी पतिका सुपुत्रले हाल दक्षिण कोरियाबाट टिकाराम पाण्डेले शैक्षिक सामाग्री खरिदका लागि रु ५ हजार र बिद्यालयका सम्पुर्ण बिद्यार्थी , शिक्षक र कर्माचारी सबैका लागि माक्स प्रदान गर्नुभएको बिद्यालयका प्रधानाध्यापक युगराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेलाई सामाग्री उपलब्ध गराइ सहयोग प्रदान गर्नुभएकोमा परिवार प्रती बिद्यालयको तर्फबाट धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो। टिकाराम पाण्डे आफु यहीँ बिद्यालयको पुर्व बिद्यार्थी तथा पुर्व शिक्षक भएकोले सानै भएपनि कार्तिक २ गते परेको आफ्नो जन्मदिनको अवसरमा सहयोग प्रदान गरेको जानकारी दिनुभयो। झन्डै ५०० जना बिद्यार्थी दैनिक अध्ययन गर्ने यस बिद्यालयमा कक्षा नर्सरी देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको बिद्यालयका शिक्षक बिष्णु प्रसाद पाण्डे जानकारी दिनुभयो।
Discussion about this post