रिडीको संस्कृत तथा साधारण माविमा नयाँ बिद्यालय व्यवस्थापन समिति गठन

19
SHARES
156
VIEWS

चुरामणी तिमिल्सिना गुल्मी कार्तिक -२ संस्कृत तथा साधरण माध्यमिक बिद्यालय रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ को नयाँ बिद्यालय ब्यावस्थापन समिति गठन गरिएको छ । नयाँ बिद्यालय व्यवस्थापन समितिमा रामलाल बिक सर्वसम्म रुपमा अध्यक्षमा चयन हुनु भएको छ ।यस्तै सदस्यहरुमा ज्ञानु परियार, सुन्दर ज्ञवाली ,र निर्मला पाण्डे रहनु भएको छ । आजै परमानद ज्ञवालीको अध्यक्षतामा ८ सदस्य शिक्षक अभिभावक संघको गठन गरिएको हो जस्मा उमनाथ पान्डे , मेघराज ज्ञवाली बिमला परियार , मिना थापा, दिल कुमारी कुवर , हिमवत थापा, र मित्र बहादुर बोहरा रहनु भएको छ । भने सदस्य सचिबमा बिधालयका प्रधानाध्यापक भोजराज गौतम रहनु भएको हो ।शिक्षक कृष्ण प्रसाद भट्टराईको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पुर्ब अध्यक्षहरु पशु पति घिमिरे , यम बहादुर पौडेल तारा चन्द्र भट्टराई , यस्तै सदस्य मेघराज रिजाल लगायतले सुभकामना राखेका थिए । कार्यक्रम समितिका अध्यक्ष गुरु प्रसाद ज्ञवालीको अध्यक्षतामा संचालन भएको थियोे । रुरु क्षेत्र शिक्षा साखा प्रमुख राम प्रसाद अधिकारि प्रमुख अथिथी रहनु भएको थियो। भने कार्यक्रमको संचालन चिरञ्जीवी ज्ञवालीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार