स्याङ्जामा बढी भाडा नलिन र लिएको पाइए कार्वाही हुने

12
SHARES
100
VIEWS

कार्तिक-३ , जिल्ला प्रशासन कार्यलय स्याङ्जाले तोकिएको दर भन्दा बढी भाडा नलिन भन्दै सोमबार एक सूचना जारीको गरेको छ। यातायात व्यवसायीहरुले लकडाउन अघि कायम गरिएको भाडा दर भन्दा बढी भाडा लिएको जनगुनासो आएको भन्दै सूचना जारी गरेको हो। सूचनामा हाल प्रचलित भाडादर २०७६ चैत्र ११ गते भन्दा अघि कायम गरिएको भाडा दर रहेको र कुनै किसिमको थप भाडा लिन नपाउने यातायात कम्पनी र यात्रुवर्गलाइ सुचित गरेको छ।

साथै कोरोना संक्रमणकोरोकथामका लागि सवारी साधनलाइ दैनिक निसंक्रमित चालक र सहचालकले अनिवार्य रुपमा मास्क , पन्जा , फेस सिल र स्यानिटाइजरको व्यवस्था गर्नु पर्ने जारी सूचनामा उल्लेख गरिएको छ। सुरक्षामापदण्डका आधारमा यातायात का साधन संचालन गर्न आग्रह समेत गरेको छ। उल्लेखित सूचनाको अवज्ञा गरिए कानुन बमोजिम कार्वाही हुने समेत जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार