रुरुक्षेत्र गाउँपालिका वडा नम्बर १ द्वारा क्लबलाई खेलकुदका सामाग्री प्रदान

34
SHARES
281
VIEWS

कार्तिक -३ रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ रिडिले फ्रेन्डस क्लब रिडिलाइ खेल कुदका सामाग्री हस्तान्तरण गरेको छ । बडा दसैं तथा शुभ दिपावलि तथा छ्ठ पर्वको पुनित अवसरमा वडाको तर्फबाट खेलाडी हरुलाइ हौसला प्रदान गर्नको लागि खेलकुद सामाग्री प्रदान गरिएको वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो। फुटबल ,नेट, कृकेट बल तथा रेफ्रीको लागि आवश्यक पर्ने सामाग्री समेत वडाबाट हस्तान्तरण गरिएको थियो। हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष बिकले बर्तमान जगतमा खेलकुदको भुमिका रहने , खेलाडी उत्पादन गरेर पालिकाको पहिचान गराउनु आफ्नो वार्डको कर्तव्य भएकोले आगामी दिनमा समेत थप खेलकुदका सम्पुर्ण सामाग्री प्रदान गर्ने बताउनुभयो। दैनिक रुरुको खेलमैदानमा खेलाडीहरुले खेलको अभ्यासमा गरिरहेका र कोचलाई परिचालन गरि आफुहरुले सीप सिकेको खेलाडी अनिस श्रेष्ठले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार