पाल्पा,कार्तिक ४
जिल्लाको तानसेन ८, मदनपोखराका सन्तोष बुढापृथीको सांगीतिक कोशेली सार्वजनिक भएको छ । उहाँ र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाजमा ‘आज रोधि बस्ने हो’ बोलको सालैजो गीत शनिबार सार्वजनिक भएको हो । गीतको शब्द रामु खातिले लेख्नुभएको हो जसमा संगीत गायक सन्तोष र रामुको रहेको छ ।
भागिरथ गाहा मगरको निर्देशनमा बनेको गीतको भिडियोमा नविन बि.क., प्रकाश गौतम, देवी मगर, रविन मगर लगायतको अभिनय छ । काठमाडौंमा छायांकन गरुएको भिडियोलाई सुरेश श्रेष्ठले खिच्नुभएको हो भने रोशन गाहा मगरले यसको सम्पादन गर्नुभएको हो । गीत सम्झना भण्डारीको युट्युब च्यानलमार्फत सार्वजनिक छ ।
यस गीत गाउनुभएका सन्तोषले सानैदेखि गायनमा रुचि राख्दै आउनुभएको थियो । त्यही रुचिकै कारण एसएलसीपछि उहाँ काठमाडौं बसेर भोकल प्रशिक्षण लिनुभयो । केही समय दोहोरी साँझमा समेत काम गर्नुभएको थियो । अहिले उहाँको मदनपोखरा दमकडामा टेलरिङ् व्यवसाय छ । आउँदा दिनमा व्यवसायसंगै गायनलाई पनि निरन्तरता दिने उहाले बताउनुभयो।
गित हेर्न यहाँ क्लिक गर्नुहोला:-
Discussion about this post