कार्तिक -४ , गण्डकी प्रदेशको पछिल्लो अद्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेहरुमा कास्कीका ८ जना , पर्बतका ३ जना , नवलपरासीका ८ जना र स्याङ्जाका १ जना रहेका छन् । संक्रमित हरु मध्ये एक जना हरिनास गाउँपालिका वडा नम्बर ४ स्याङ्जाकी ३० वर्षीय महिला भएको गण्डकि प्रदेश स्वास्थ्य निर्देशानालयका प्रमुख डा. बिनोद कुमार शर्माले जानकारी दिनुभयो। हाल गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको सङ्ख्या ६०८७ जना पुगेको छ। स्याङ्जामा मात्रै मंगलबार कोरोना संक्रमितको सङ्ख्या ८ पुगेको छ।






















Discussion about this post