पाल्पामा कोरोनाका कारण ७७ वर्षीय पुरुषको मृत्यु

13
SHARES
110
VIEWS

बिष्णु पाण्डेय पाल्पा, कात्तिक ५÷पाल्पामा कोरोनाबाट ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । बगनासकाली ७ का ७७ वर्षीय पुरूषको बुधबार उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । दम र सुगरको समस्याबाट ग्रसित रहेका ति पुरुष गत शनिबार अस्पताल भर्ना भएका थिए । उनको गाउँपालिकाले कोरोनाको लक्षण देखिएपछि असोज २७ गते स्वाव संकलन गरेको थियो । ति पुरुषको असोज ३० गते मात्र कोरोना रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक मणिराम अधिकारीले बताए । योसँगै पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या सात पुगेको छ ।

यसअघि पूर्वखोला गाउँपालिका १ सिलुवाका एक पुरूष,तानसेन नगरपालिका ८ पिपलडाँडाकी एक महिला, तानसेन नगरपालिका ७ का ५२ वर्षीय पुरुषको,तानसेन नगरपालिका–१४,कुसेनीकी ४२ वर्षीया महिला, तानसेन नगरपालिकाका ७ का एक जना पुरुष र तानसेन २ का एक जना पुरुषको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार