भारतबाट नेपाल फर्किएका रामकृष्णले कृषिबाट लाखौ आम्दानी गर्दै

13
SHARES
106
VIEWS

चुरामणी तिमिल्सिना -कार्तिक -५ बार्षिक रुपमा कृषि पेशाबाट आफ्नै जन्म भूमिमा लाखौ रुपियाँ आम्दानी हुन थाले पछी अन्य मुलुकमा जागिर खान नजाने गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ का अगुवा कृषक राम कृष्ण कंडेलले बताउनुभयो। माध्यमिक तहको पढाइ सकेर आफ्ना परिवारलाई राम्रो मिठो तथा सुखमय जीवन बिताउन भारत पसेका रामकृष्ण करिब सात महिना भारतमा होटलमा सफाइको काम अप्ठ्यारो भएपछि आफ्नै जन्म घरमा फर्किएको कंडेलले बताउनुभयो । २०७२ सालमा विभिन्न कार्यलयमा सम्झना फलफूल तथा कफि नर्सरी फर्म दर्ता गरि आफ्नो ब्याबसाथी सुरु गरेको कंडेलकि श्रीमती संगीताले बताउनुभयो अहिले कंडेलको वारि तथा टनेलमा २५ हजार कागतिका बिरुवा , ३० हजार सुन्तलाका नर्सरी टमाटर टनेल , खुर्सानी , करेला, फुल काउली ,लसुन आलु, गोभि ,लौका , सिमि बिडि लगायतबाट भन्डै बार्षिक १८देखि २० लाख सम्म आम्दानी भएको रामकृष्णले बताउनुभयो उहाँका भाइ लक्षमण कंडेलका घरको चारै तिर सुनतलाका बोटहरुले भरिएका छन । यसबाट उहालेनि राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो ।रामकृष्णले पुरानै प्रबिधी अपनाएर खेती गर्दा पनि आफूले सन्तोषजनक रुपमा आम्दानी लिन सफल भएको बताउनुभयो । यहाँ उत्पादन भएको कर्करा देखि मसेउरा सम्म सबै हरिया साग पैचो पसलले घरमा आएर लैजादा आफुलाई ढुवानीको समस्या नभएको कृषक दाजुभाइले बताएका छन। यहाँ उनको फम अबलोकन गर्न तथा उत्पादन गर्ने तौर तरिका बुझनका लागि विभिन्न ठाउहरुबाट कृषकहरु आउने गर्दछन । बजारी मलको प्रयोग नगरी घर यासी मल प्रयोग गरेर सिचाइको राम्रो सुबिधा मिलाएर काम गर्दा अरु कृषकहरुले नयाँ पाठ सिकेर जाने गरेको धर्मपत्नी संगीताले बताउनुभयो । यति मात्र हैन यसै सिजनमा हजारौको आम्दानी काक्राबाट लिन सफल भएको कंडेलले बताउनुभयो । पालिका तथा कृषि ज्ञान तम्घासले पनि सहयोग गरिरहेको र पैचो पसलले प्राबिधिक सहयोग समेत प्रदान गरिरहेको रामकृष्ण को भनाइ छ । बर्षमा यस्ता लाखौं रुपियाँ आम्दानी लिन सफल भएका कृषकलाइ पालिकाले अब कस्तो सहयोग गर्ला भनेर छत्रकोट गाउँपालिका कि उपाध्यक्ष नर्मदा भण्डारीले जिज्ञासा राख्दा थुप्रै वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाइ कृषि कार्यक्रममा सहभागी गराउने प्रबिधि सहित तालिम सहजीकरण गर्ने , उत्पादन गरिरहेका कृषकरुको फर्ममा कृषि भ्रमण गराउने र कृषकको माग अनुसार कृषि सामाग्री प्रदान गर्ने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार