स्थानीय कलबलाइ रुरु १ रिडीले चाडपर्वको अबसरमा खेल कुद सामाग्री बितरण

19
SHARES
160
VIEWS

चुरामणी तिमिल्सिना कार्तिक -६, स्थानिय स्तरमा बिभिन्न खेलका खेलाडी उत्पादन गर्नको लागि रुरु क्षेत्र गाउँपालिका वडा नम्बर १ले बडा दशै , शुभ दीपावलि तथा छठ पर्वको पुनित अबसर पारेर यसै वडा भित्र रहेका रातामाटा ,थोर्गा, रिडि, तथा भट्कुवाका विभिन्न क्लबहरुलाई भलिबल , क्रीकेट तथा फुटबलका सम्पुर्ण सेटहरु वडा कार्यलयबाट क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुलाई निमन्त्रणा गरि खेलकुद सामाग्री हस्तान्तरण गरेको वडा अध्यक्ष रामलाल बिकले जानकारी दिनुभयो । वडाले बिगतका बर्षहरुमा पनि खेलकुदका सामाग्रीहरु बितरण गरेको र आगामी दिनहरूमा पनि हस्तान्तरण गर्दै जाने रुरुक्षेत्र गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष बिकले जानकारी दिनुभयो। यस वडा भित्र फ्रेन्डस क्लब रिडी , भट्कुवा युथ क्लब भट्कुवा, सांस्कृतिक उत्थान युवा क्लब थोर्गा र दुर्गामाता युवा क्लब रातामाटाले खेलकुद सामाग्री मागगरे पश्चात वडाको तर्फबाट बितरण गरिएको वार्ड सचिब गोबिन्द प्रसाद पौडेलले बताउनुभयो । बिहिवार सामाग्री हस्तान्तरण कार्यक्रममा सबै क्लबका सदस्यहरुको सहभागिता रहेको थियो । सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष बिकले धर्म, संस्कृति, रितिरिवाज, परम्परा , तथा खेल जगतलाई पहिचान गराएर यस गाउँपालिकाको नाम राख्न युवाहरु लागि परेकाले हरेक बर्ष पालिका मार्फत युवा लक्षित कार्यक्रममा युवाहरुको कार्यक्रम समेट्न सके समाजको पहिचान हुन समय नलाग्ने र आर्थिक आम्दानी पनि खेकुदबाट प्रात हुने बताउनु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार