पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी

12
SHARES
100
VIEWS


विष्णु पाण्डेय
पाल्पा, कार्तिक -६, पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ को तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५÷७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए । जुन ७४.९ प्रतिशत हुन आउँछ । तर आ व २०७६÷०७७ मा १ सय ९४ मुद्दा दर्ता भएकोमा १ सय ४१ वटा मुद्दा फछ्र्यौट भएका छन् । जुन ७२. ६८ हुन आउछ । कोरोना महामारी र स्थानीय तहमै न्यायिक समितिबाट अधिकांस मुद्दाहरु मेलामिलाप भएकाले गत वर्षको तुलनामा आर्थिक वर्ष २०७६÷०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको जिल्ला अदालत पाल्पाका श्रेस्तेदार दुर्गा प्रसाद बस्यालले बताए ।
श्रेस्तेदार बस्यालका अनुसार मुलुकी देवानी संहिता ,२०७४ को दफा ९७ तथा ९८ बमोजिम अदालतमा सम्वन्ध विच्छेदको निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाइ बुझाई मेलिमिलाप गराउदा पनि पति पत्नि विच मेलमिलाप हुन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्वन्ध विच्छेद हुने उपयुतm देखेमा विेदन परेको १ बर्षपछि अदालतले सम्वन्ध विच्छेद गराईदिनुपर्ने कानुनि व्यवस्था भएक्को हुदा सम्बन्ध विच्छेदका घटनाको फछ्र्यौटमा समेत कमी आएको छ । आव २०७६÷०७७ अन्त्यको ४ महिनामा कोराना भाइरसका कारण देशमा लकडाउन भएका कारण अदालत बन्द हुन पुग्दा मुद्दा फस्यौटमा कमी आएको श्रेष्तेदार बस्यालले बताए । उनले भने ‘मुद्दाहरुको अंग ( रीत) पुग्ने बेलामा लकडाउन भैदियो त्यसकारण मुद्दाको फस्यौट यो आर्थिक वर्षमा अलि कमी देखिएको हो ।’ चालु तीन महिनामा जिल्ला अदालतमा ९६ वटा मुद्दा दर्ता भएका छन् । जस मध्ये सम्बन्ध विच्छेदका ३७ वटा दर्ता भएका छन् । दर्ता भएका मुद्दा मध्ये १८ फस्यौट भइससकेको अदालतका नायव सुम्बा हिरामणी पन्थले बताए ।
लकडाउन खुलेसँगै अदालतमा मुद्दाको चाप बढ्दो
सरकारले साउन ७ गतेबाट लकडाउन खोलेसँगै अदालतमा मुद्दाको चाप भने बढ्दो छ । चैत्र महिना देखी अदालत बन्द रहेका कारण पनि अदालतमा देवानी मुद्दा दर्ता भएका थिएनन् । तर साउन देखी यता मुद्दाको चाप बढ्दो छ । अदालतले दिएको जानकारी अनुसार पछिल्लो चार महिनामा जिल्ला अदालतमा देवानी प्रकृतिका मुद्दा मात्र ४९ र फौजदारी प्रकृतिका ३१ वटा मुद्दा दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार