वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव छ:-बक्ताहरु

14
SHARES
113
VIEWS

कार्तिक-७ वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धनले मात्रै दीगो आर्थिक बिकास सम्भव हुने वालिङमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएकाछन् । सबै ठाँउमा एकै खाले उद्योगधन्दा सम्भव नहुने भन्दै बक्ताहरुले स्थानीयस्तरलाई ध्यान दिदै नागरिकलाई स्वरोजगार बनाउन तर्फ लाग्नु पर्नेमा जोड दिएका हुन् ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र दियालो संस्थाको साझेदारीमा वालिङ नगरपालिकाले आयोजना गरेको उद्यमशीलता सम्वन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय समाज र स्थानीय आवश्यक्ताका आधार उद्यमशीलताको बिकास गर्नु पर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले वालिङमा उद्योग व्यवशाय सञ्चालन गर्न चाहानेलाई बिभिन्न सेवा सुविधा प्रदान गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘वालिङमा उद्योगधन्दा सञ्चालन गर्न चाहानेलाई सहज कानुन बनाउनुका साथै बाटो, बिजुली तथा अन्य पूर्बाधारहरु उपलव्ध गराउछौंं ।’
स्याङजाका नागरिकहरु अव उद्यमशीलताको क्षेत्रमा समेत अगाडि बढ्नु पर्ने भन्दै कोभिड १९ को महामारीले समेत यही सिकाएको बताउनु भयो । प्रमुख खाँणले तत्कालै ईविकको स्थापना गरी उद्यमशीलताको प्रवद्र्धन गरिने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना तिवारीले उद्यमशीलताको बिकास गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले कोरोनाको माहामारीका कारण नागरिक तथा नवउद्यमीहरुमा समस्या उत्पन्न गराएको भन्दै उपप्रमुख तिवारीले यसबाट बचाउने गरी नगरपालिकाले बिशेष योजना बनाएको जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै सफल व्यवशायी खुमा प्रसाद अर्यालले उद्यमले समाजलाई गति प्रदान गर्ने बताउनु भयो । उहाँले वालिङमा कृषि क्षेत्रको राम्रो सम्भावना रहेको भन्दै सामुहिक तथा सहकारी मार्फत कृषि क्षेत्रमा लाग्न र त्यस्को बजारीकरणमा जोड दिन आग्रह गर्नुभयो ।
उहाँले वालिङलाई उद्यमीको शहर बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रम बोल्दै युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेशका प्रमुख सुदिप अर्यालले उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रर्वतन केन्द्र (ईविक) मार्फत नवउद्यमी बनाउन सहज हुने बताउनु भयो । उहाँले व्यवस्थित च्यानल र माध्यमबाट सही सूचना प्रदान गर्न सकेमा मात्रै उद्यमशीलताको बिकास सम्भव हुने स्पष्ट पार्नु भयो ।
कार्यक्रममा उद्यमी पवमान सुवेदीले युवाहरुलाई नयाँ नयाँ काम गर्नका लागि आकर्षण गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रम वालिङ नगरपालिका वडा नम्वर १ का अध्यक्ष तथा नगर प्रवक्ता केदार काफ्ले,वडा नम्वर ११ का अध्यक्ष बसन्तकुमार मल्ल, वडा नम्वर ८ का अध्यक्ष कमल प्रसाद सुवेदी,दियालो संस्थाका अध्यक्ष कविता तिवारी लगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन दियालो युएनडिपीका कार्याक्रम प्रमुख राधाकृष्ण डुम्रेले गर्नु भएको थियो ।
युएनडिपी नेपाल र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत उद्यमशीलता सम्वन्धी अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार