कार्तिक -८, कार्तिक ५ गते कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का खुम बहादुरु थापाले बार्षिक रिचार्ज गरि साप्ताहिक लक्कि ड्रका लागि कुपन प्राप्त गरेका थिए। सोही कुपनको आधारमा ७ गते डिसहोमको साप्ताहिक लक्की ड्र कुप्पन खोलिएको थियो। उक्त साप्ताहिक लक्की ड्र कुपनमा कालीगण्डकी गाउँपालिका वडा ३ वैघा गवदी निबासी खुम बहादुर थापाले एक लाख जित्नु भएको छ। उक्त कुराको जानकारी कम्पनी द्वारा टिभी र फोन गरि जानकारी प्राप्त भएको कुमार एन्ड सन्सका प्रोपराइटर बिष्णु जि थैबले बताउनु भयो। कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ वैघामा अवस्थित कुमार एन्ड सन्स अन्तर्गत कालीगण्डकी डिसहोम सेन्टरबाट डिलर दाइको अफर अन्तर्गत डिलरको सब डिलरबाट खुम बहादुर थापाले रिचार्ज गरेका थिए। उपहार जित्न र योजनामा सहभागी हुन डिसहोम डिलर डिलर दाइको अफर अन्तर्गत बार्षिक रिचार्ज गर्नु पर्न डिसहोमले बताएको छ।
Discussion about this post