श्रीङगाका धाता कंडेलले आफ्नो जन्मदिन रुरु धाममा सहयोग गरेर मनाए

13
SHARES
109
VIEWS

चुरामणी तिमिल्सिना ,

कार्तिक -८ , गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर ४ श्रीङगा निवासी धातान्द कंडेलले रुरु क्षेत्रमा बसोबास गर्ने वृद्ध बृदा, सादु सन्त असाय तथा पिपन्न बर्गलाई दसैको लागि लताकपडा सहित खाद्य सामाग्री बितरण गर्नुभएको हो । कंडेलले आफ्नो पिता ज्ञान प्रसाद कंडेल तथा आजै आफ्नो परेको जन्म दिनको पुनित अवसरमा कपडा, दाल, चिनी , चियापत्ति , तेल , नुन , चामल आदि दैनिक उपभोग्य सामाग्री बितरण गरेको बताउनुभयो। सामाग्री हस्तान्तरण गर्दै धाता कंडेलले आगामी दिनहरुमा पनि हरेक धार्मिक मठमन्दिर वृद्धा आश्रम तथा विभिन्न सामाजिक संस्थाहरुमा निरन्तर सहयोग गर्ने तथा रुरु धार्मिक सेवा सञ्चार संस्थालाइ कार्यलय संचालनको लागि आफ्नो तर्फबाट यस्तै अवसर पारेर सक्दो सहयोग गर्ने बताउनुभयो । बितरण कार्यक्रममा तुल्सी कन्डेल , कल्पना कंडेल , भिम प्रसाद पाण्डे , पत्रकार , सुरक्षा निकाय तथा मन्दिरका पुजारी लगायतको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार