राप्रपा अध्यक्ष थापा १० दिन पछि अस्पतालबाट डिस्चार्ज

13
SHARES
110
VIEWS

कार्तिक -९ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको असोज ३० गते काठमाण्डौ चाबहिलको ओम अस्पताल भर्ना भएका थापा आज डिस्चार्ज हुनुभएको हो । स्वास्थ्यमा समस्या आएपछि ३० गते परीक्षण गर्दा उहाँमा कोरोना पोजेटिभ देखिएको थियो । १० दिनको अस्पताल बसाई पछि डिस्चार्ज हुनुभएका थापालाई बुढानिलकण्ठ पासिकोटमा रहेको आफ्नै निवासमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार