गण्डकी प्रदेशमा कोरोनाकारण थप तीन जनाको मृत्यु

12
SHARES
102
VIEWS

कार्तिक -१० गण्डकी प्रदेशमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेहरुमा नवलपरासीका दुई जना पुरुष र कास्कीकि एक जना महिला गरि तीन जना रहेका छन् । मृत्यु भएकाहरु मध्ये नवलपरासी गैंडाकोट नगरपालिका ५ का ७३ वर्षिय पुरुष रहेका छन् । उनमा ६ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा ९ गते निधन भएको जानकारी गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रबक्ता डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो। निर्देशक एवम् प्रबत्ता शर्माका अनुसार नवलपरासी कावासोती नगरपालिकाका ७७ वर्षिय पुरुषको पनि उपचारकै क्रममा मध्य बिन्दु अस्पतालमा मृत्यु भएको छ । उनमा कार्तिक ३ गते कोरोना संक्रमणको पुष्टि भएको थियो र उपचारकै क्रममा १० गते बिहान २:३० बजेको समयमा उनको निधन भएको शर्माले बताउनु भयो । यस्तै कास्कीका पोखरा महानगरपालिका १५ कि ७८ वर्षिय महिलाको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र उनमा गएको ८ गते कोरोना संक्रमणको पुष्टि भएको निर्देशक एवम् प्रबत्ता शर्माले बताउनु भयो। उनको उपचारको क्रममा ९ गते राती मृत्यु भएको थियो। सोमबार थप ३ जना गरि गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्युहुनेको सङ्ख्या ६६ जना पुगेको जानकारी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको अद्यावधिक विवरणमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार