गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसको पार्टी कार्यलय भवनको शिलान्यास

17
SHARES
144
VIEWS

चुरामणी तिमिल्सिना , कार्तिक -१० सत्यवति गाउँ पालिका वडा नम्बर -४ लिम्घामा नेपाली काङ्ग्रेसको पार्टी कार्यालय शिलान्यास गरिएको छ । बडा दशैको अवसर पारेर शिलान्यास गरिएको क्षेत्रीय पार्टी सचीव सन्तोष गौतमले बताउनुभयो । गाउँका सबैभन्दा जेष्ठ नागरिक तथा पार्टीमा निरन्तर खटिने १ सय १ बर्षका दिनानाथ ज्ञवाली र कार्यक्रमकाे प्रमुख अतिथि नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति पारिश्वर ढकालले दिप प्रज्वलन गरि वैदिक बिधि बिधान सहित शिलान्यास गर्नु भयो । कार्यक्रममा अतिथिहरु क्षेत्रीय उपसभापति जगदीश भट्टराई, क्षेत्रीय सचिव सन्ताेष गाैतम, वडा सभापति गंगावहादुर शाही, पार्टीप्रेमिहरु , स्थानिय बासिहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले सबै नेपाली हरुको घर दैलोमा बडा दसै भित्रि सकेकोले यस दसैमा स्वास्थ मापदण्ड अपनाइ टीका ग्रहण गर्न आग्रह गर्दै दशै पर्वको शुभकामना दिदै यो पाटी कार्यलयको भवन निर्माण काॠ यसै बर्ष सम्पन्न गर्ने तथा देश तथा बिदेशबाट पार्टी प्रतीआस्था राख्ने महान भाबले चन्दा सहयोग गरिरहनु भएको र हाल सम्म करिब २७ लाख रुपैयाँ सङ्कलन भएको प्रमुख अतिथी ढकालले बताउनुभयो । कार्यक्रमका अतिथि वडाअध्यक्ष दानबहादुर रानाले कार्यक्रम माथी प्रकाश पार्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार