कोरोनाका कारण कास्कीमा थप एक जनाको मृत्यु

13
SHARES
106
VIEWS

कार्तिक -१० , कोरोना संक्रमणका कारण कास्कीमा थप एकजनाको मृत्यु भएको छ। मृत्युुहुनेमा पोखरा महानगरपालिका ५ का ५५ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण एवम् रोकथामका निर्देशक एवम् प्रबत्ता डा. बिनोद बिन्दु शर्माले बताउनुभयो । मृतक पुरुषमा गएको ६ गते कोरोना संक्रमणको पुष्टि भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसियु कक्षमा उपचारका क्रममा ९ गते मृत्यु भएको जानकारी निर्देशक एवम् प्रबत्ता शर्माले जानकारी दिनु भयो। शर्माका अनुसार मृतकमा बाइलेटेरियल निमोनिया र कार्डियो पल्मोनरी एरेस्ट लगायतका अन्य स्वास्थ्य जटिलता रहेको थियो। यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार