जनतामावि भुतपुर्व विद्यार्थी मंच र कालीगण्ड्की सम्पर्क मंच पोखरा समाजद्वारा आर्थिक सहयोग हस्तान्तरण

13
SHARES
108
VIEWS

मीन थापा स्याङ्जा – १२ कार्तिक २०७७ गत असोज ८ गते कालीगण्डकी गाउँपालिका – ४, गौतम टोलमा पहिरोमा परि ज्यान गुमाएका बिष्णु गौतम र विस्थापित आउमाया नेपालीको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग गरिएको छ।

उक्त राहत स्वरूप प्रदान गरिएको रकम वडा नं ४ का वडा अध्यक्ष चक्रपाणी पाण्डेयले हस्तान्तरण गर्नुभएको हो।
राहत हस्तान्तरण कार्यक्रममा वडा नं ४ का वडा सदस्य तुलसा नेपाली ,जमावि पुर्व विद्यार्थी मंचका अध्यक्ष दिनदयाल पाण्डेय , कालीगण्डकी संपर्क मंच पोखराका अध्यक्ष गितामणी पाण्डेय तथा स्थानीय समाजसेवीको उपस्थिति रहेको थियोे।

जमावि पुर्व विद्यार्थी मंच पोखरा रु ११,०००/- एघार हजार र कालीगण्डकी संपर्क पोखरा मंच पोखराको तर्फबाट रु १० , ०००/- दश हजार गरेर कुल २१, ०००/- एक्काइस हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको हो।

राहत हस्तान्तरण कार्यक्रममा जमावि पुर्व विद्यार्थी मंचका अध्यक्ष पाण्डेयले बिग्रेको भौतिक संरचना पुनः बनाउन सकिए पनि मृतक बिष्णु गौतमलाई फर्काउन नसकिने बताउनुभएको थियोे।

वडा अध्यक्ष पाण्डेयले राहत रकम सहि ठाउँमा प्रयोग गर्न सुझाव दिनुहुँदै वडा र गाउँपालिकाको तर्फबाट पनि उचित सहयोग गरिने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार