कार्तिक -१२ नेपालमा बुधबार १९५४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको स्वास्थ्य मन्त्रालयकले नियमित प्रेस ब्रिफिङ मार्फत जनाएको छ।
३९ हजार ६४३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना छन् भने क्वारेन्टाइनमा २ हजार ८८९ जना रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८ हजार २४८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ८१ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ।
आइसीयूमा २९० जनाको र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ८८७ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ११ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।




















Discussion about this post