चुरामणी तिमिल्सिना कार्तिक -१३ , सत्यवती गाउँपालिका वडा नम्बर १ अस्लेवा गुल्मीमा सहयोग कार्यक्रम सन्चालन गरेर यादव पाण्डेको घर निर्माण भएको छ। झन्डै ८ महिना निरन्तर देश तथा बिदेशबाट आर्थिक सहयोग उपलब्ध भएपछी निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कार्यक्रमका अभियान्ता तथा नेपाली काङ्ग्रेसका युवा नेता सन्तोष गौतमले जानकारी दिनुभयो । यादवले आफ्ना घर परिवारलाई राम्रो ,मीठो-मसिनो खुवाउन र राम्रो जीवनयापन गराउनका लागि भारतको मुम्बई पसेका थिए । तर यादवको सपना साकार भएनन् । उनी काम गरिरहेका बखत रेलको पट्रिमा दुर्घटनामा परेका थिए । दुर्घटनामा परि देब्रे हात र देब्रे खुट्टा दुबै गुमाएका थिए। झन्डै २ बर्ष उपचार भारतमा गराएर नेपाल फर्केर आएको यादवले बताउनु भयो ।अहिले नेपाल फर्किएको पनि ११ बर्ष भयो । घरको मुलि मान्छे दुर्घटनामा परेपछी आम्दानीको श्रोत नभएकोले सन्तोष गौतम मार्फत पत्रकार भुवन भुसालले सामाजिक संजाल अनलाईन मिडिया मार्फत यादवको बेलि बिस्तार सार्वजनिक गरेका थिए । भिडियो सार्बजनिक भएपछी विभिन्न ठाउँहरुबाट उनको घरनिर्माणका लागि आर्थिक जुटिरहेको अभियान्ता सन्तोष गौतमले बताउनुभयो। हाल सम्म सत्यवति गाउँपालिकाले गरिबी निवारण अन्तर्गत मुख्य मन्त्री योजना कार्यक्रमको रु ४ लाख गरि उनको घर निर्माणमा रु १८लाख संकलन भएको हो। जस मध्ये ६ लाख पचास हजार, घर निर्माणमा, ६ लाख, जग्गा खरिदमा ,विविध खर्चमा १लाख ५० हजार सबै दान दाताले बोलेको रकम प्राप्त भएमा र ४ लाख उनको भबिष्यका लागि बैंकमा खातामा रहने समचारमा उल्लेख गरिएको छ । भुकम्प प्रतिरोधात्मक घर तथा अपांग मैत्री शौचालय समेत निर्माण गरिएको हो। यस अभियानमा सत्यवती गाउँ कार्य पालिकाको कार्यलय तथा वडा नम्बर १ परिवारले ठूलो सहयोग गरिरहेको यादवले बताउनुभयो । पाण्डेका १ श्रीमती र २ छोरि रहेका छन । यी साना नानिहरुको जनता माध्यमिक बिधालयले उनिहरुको बर्ष भरी लाग्ने शुलक समेत निशुल्क गरेको जनता माध्यमिक बिधालय अभिभाबक संघका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो ।पान्डेलाई अव तिहारको आसपासमा घर प्रदान गरिने गौतमले बताउनुभएको छ।
Discussion about this post