तानसेनमा टिपरले बसलाई ठक्कर दिदा बसमा सवार ८ घाइते

13
SHARES
110
VIEWS

बिष्णु पाण्डे पाल्पा । कार्तिक -१३ पाल्पाको तानसेन नगरपालिका ७ स्थित सिद्धार्थ राजमार्गमा टिपरले बसलाई ठक्कर दिएको छ । विहिबार दिउँसो तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्वरको टिपरले विपरीत दिशाबाट आउदै गरेको लु १ ख ९९८२ नम्वरको बसलाई ठक्कर दिएको हो । टिपरले बसलाई ठक्कर दिदा चालक सहित बसमा सवार ८ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बस चालक रिब्दीकोट गाउँपालिका २ का ४५ वर्षीय केशवराज भट्टराई, रिब्दीकोट १ का २३ वर्षीय सालिकराम विक, सोही स्थानका ५८ वर्षीय चन्द्र बहादुर सुनार, रिब्दीकोट ४ का ३४ वर्षीय शेरबहादुर थापा, पूर्वखोला गाउँपालिका ३ की ३२ वर्षीया हिरादेवी राना, बुटवल उपमहानगरपालिका ३ की १६ वर्षीया पुजा सुनार, तिलोत्तमा नगरपालिका ३ की ७१ वर्षीया दुर्पता गैरे र नवलपरासी अस्नैया गणेश्वस्तिका ६ वर्षका युगेश घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार