तिनाउमा पशुपन्छी वीमामा गाउपालिकाको ५० प्रतिशत सहयोग

15
SHARES
122
VIEWS

बिष्णु पाण्डे
कार्तिक -१४ तिनाउ गाउपालिका पाल्पाले कृषकहरुलाई पशुपन्छी पालनमा वीमा सहयोग गर्ने भएको छ । गाउपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा पशु तथा पंछी पालन गर्नेहरुको सुरक्षालाई मध्यनजर गर्दै वीमा कार्यक्रममा सहुलियत प्रदान गर्ने भएको हो ।
नेपाल सरकारले पशुपन्छी पालन गर्ने किसानलाई वीमाको ७५ प्रतिशत रकम सहयोग गर्दै आएको थियो, किसानले २५ प्रतिशत रकम तिर्नुपर्ने थियो । गाउपालिकाको पशु विकास कार्यक्रमकि डा. मोनालिसा खनालका अनुसार, तिनाउ गाउपालिकाले पशुपन्छी वीमा कार्यक्रम सुरु गरेपछी अव किसानले १२.५ प्रतिशत रकम मात्र तिरे हुन्छ ।
किसानले वीमा गरेवापत २५ प्रतिशत रकम तिर्नुपर्ने हुन्छ, अव २५ प्रतिशत प्रिमियम रकमको पनि ५० प्रतिशत रकम तिनाउ गाउपालिकाले तिर्ने भएको हो । गाउपालिकाका कृषि शाखा प्रमुख हेमन्त शर्माका अनुसार वाख्रा, गाई, भैसी, वंगुर लगायतका पशुहरु तथा कुखुरा, हाँस, टर्की लगायतका पंछी पालन गर्ने किसानको राहतको लागि गाउपालिकाले वीमामा सहयोग गर्न खोजेको हो ।
तिनाउ गाउपालिका पाल्पाले शिद्धार्थ इन्सोरेन्स कम्पनी संग वीमा कार्यक्रम गर्ने तय गरेको छ । अव तिनाउमा पशु तथा पंछी पालन गर्ने किसानले इन्स्योरेन्स कम्पनीमा सिधै गएर वीमा गर्न सक्नेछन् ।
तिनाउ गाउपालिका चुरे क्षेत्रमा पर्दछ, यहाँ कृषि, पशुपालन तथा पंछी पालन गर्ने थुप्रै व्यवसायीहरु छन् । खासगरी गाई तथा भैसी पालन, कुखुरा, वंगुर लगायतका दर्जनौं फर्महरु तिनाउमा रहेका छन् । गाउपालिका भित्र साना तथा ठूला पशुपन्छी पालन गर्नेहरुको लागि वीमाले राहत प्रदान गर्ने गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगर बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार