चुरामणी तिमिल्सिना कार्तिक -१४ कतारमा सात बर्ष सम्म काम गरेर फर्किएका गुल्मी रेसुङ्गा नगरपालिका वडा नम्बर १० का हुमाकान्त अर्यालले नेपालमै व्यवसाय सुरु गर्नु भएको छ। फेरि परदेश नजाने योजना बनाएका अर्यालले केही महिना यतादेखि झन्डै ३५लाखको लगानीमा अर्गानिक कृषि तथा रिसर्च फर्म सन्चालन गर्नु भएको छ। अहिले फर्ममा ३०० कालिज , ५० वटा ट्रकी, २५ वटा लौकाट रहेका छन
। आफुले यो अभ्यास पहिलो पटक गरेकोले सफलता प्राप्त भएको खण्डमा लगानी वृद्धि गरि कालिज कुखुरा र बाख्रा लगायतका पशुपन्छी लाई थप गर्ने योजना रहेको अर्यालले बताउनुभयो ।आफ्नै जन्म भुमिमा पसिना बगाएर सबै परिवार सङै रहेर काम गर्दा आनन्द हुने र थोरै आम्दानी भएपनि यसैमा सन्तुष्टि भएको अर्यालले बताउनुभयो ।
Discussion about this post