स्याङ्जामा हेवी मेसिनरी अपरेटर संघको समिती गठन साथमा संचयकोष स्थापना

14
SHARES
118
VIEWS

मीन थापा मगर

स्याङ्जा : १४ कार्तिक २०७७ , स्याङ्जा जिल्लामा कार्यरत हेवी मेसिन अपरेटर चालकहरू बीचमा आफूहरूको पेशागत सीप र हकहित तथा सामाजिक सुरक्षा लगायतका विविध विषयमा छलफल सम्पन्न भएको छ।

बिहीबार वालिङ नगरपालिका वडा १० मा बसेको भेलाले अपरेटर संघ गठनका साथमा पेशागत हकहित र सुरक्षाका लागि संचयकोषको स्थापना गरेको हो।

भेलाले स्याङ्जा भित्र र बाहिर अपरेटर संघको विस्तार सँगसँगै अपरेटर संघको गठन तथा संचय कोष स्थापना गर्ने निर्णय गर्दै संघमा आवद्व सदस्यहरूबाट प्रतिव्यक्ति रु ५००/- रुपैयाँ कोषमा जम्मा समेत गरेको छ।

विनोद वाग्लेको संयोजकत्वमा १३ सदस्य सम्मिलित हेवी अपरेटर समिति गठन गरिएको छ। भने सहसंयोजक पदम बहादुर थापा हुनुहुन्छ। त्यस्तै गरि सचिव र सहसचिवमा क्रमश दिपक राज भट्टराई र निम बहादुर क्षेत्री चयन हुनुभएको छ।

कोषाध्यक्षमा ओम प्रकाश अर्याल र सहकोषाध्यक्षमा
दल बहादुर थापा सर्वसम्मतले चयन हुनुभएको समितिका सदस्य दिपक राज भट्टराईले बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार