स्याङ्जामा घर नै जोखिममा पर्ने गरि डोजरे बिकास

13
SHARES
107
VIEWS

मीन थापा मगर

स्याङ्जा : १५ कार्तिक २०७७ , कालीगण्डकी गाउँपालिका वाड नं ४ मा गत असार देखि हालसम्म खहरे र गौतम टोलमा प्राकृतिक विपत्तिमा पर्नुभई पाँच जनाले ज्यान गुमाउनु भएको र गाउँपालिकामा तीस घर बढी विस्थापित भएका छन् ।

कालीगण्डकी गाउँपालिका , प्रदेश सरकार तथा संघीय सरकार मार्फत मृतक तथा विस्थापित परिवारलाई आर्थिक लगायत अन्य सहयोग प्रदान गरिएको छ।

यता स्थानीय सरकार कालीगण्डकी गाउँपालिकाले एकीकृत आवासीय निर्माण कार्यक्रमको योजना सहित विस्थापित परिवारलाई नयाँ आवास निर्माणका लागि रु २,५०, ०००/- दुइ लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा सहित महत्वपुर्ण निर्णय गरेको छ।

त्यस्तै गरी वडा नं ४ गहलाममा अहिले गाउँपालिकाको प्रमुख प्रशासकिय भवन लगायत अन्य भौतिक पुर्वाधार निर्माणकार्य तिव्र गतिमा हुँदैछ्न् यो पक्कै पनि स्वागतयोग्य काम हो।

तस्विरमा देखिएको यो दृश्य गहलामको हो । सम्बन्धित स्थानीय घरधनी विजय गौतमले मानसिक रूपमा प्राकृतिक विपत्तिको शिकार हुनपर्ने हो कि भन्ने चिन्ताले आफूलाई सताएको बताउनुभएको छ।

यस बिषयमा गौतमले गाउँपालिका प्रमुख खिम बहादुर थापासँग फोन संपर्क गर्दा आफूलाई यो विषयमा पहिला जानकारी नभएको र हालको यो कामकारबाही भौगोलिक रूपमा त्यति सहज नदेखिएको हुँदा भविष्यमा घट्न सक्ने प्राकृतिक क्षति हुन नदिन स्थानीय प्राविधिकहरूको सल्लाहमा आवश्यक कदम चालिने बताउनुभएको गौतमले बताउनुभएको छ ।

साथै सहमतिमा मोटरबाटो खोलिएको भनिए पनि निरक्षर श्रीमतीबाट यो विषयमा आफू अनभिज्ञ रहेको जानकारी आफूलाई प्राप्त भएको गौतमले बताउनुभएको छ।

सामाजिक रूपमा सबैको भलोको चाहाना राख्ने असल मनका धनी गौतमले प्राकृतिक प्रकोपको शिकार भइन्छ कि भनेर चिन्ता व्यक्त गर्दै सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन चाहेको बताउनुभएको छ।

रोजगारीको शिलशिलामा कतारमा रहनुभएका सामाजिक व्यक्तित्व गौतमले गत असार १० गते स्थानीय सरकारको राहत व्यावस्थापन कोषमा नगद रु ११,०००/- एघार हजार र एक लाख रुपैयाँ बराबरको खाद्यान्न र बन्दोबस्तीको सामाग्री सहयोग गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार