पाल्पाको सिरुखर्कमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

14
SHARES
115
VIEWS

बिष्णु पाण्डे कार्तिक -१५ ,पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ३ सिरुखर्क स्थित गुल्मी–पाल्पा सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार तानसेनदेखि गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १९ प ८१७५ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक तानसेन १४ अर्गेलिका ३९ वर्षीय हरी प्रसाद ज्ञवालीको मृत्यु भएको हो ।
मोटरसाईकल अनियन्त्रित भई सडकमा पल्टिदा उनी र मोटरसाइकलको पछाडी सवार गुल्मी ग्वादीका ४३ वर्षीय अनिल ज्ञवाली घाइते भएका थिए । घाइते उनीहरुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएकोमा हरीको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अनिल भने उपचार पछि डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार