चुरामणी तिमिल्सिना कार्तिक -१७ आफ्नो जन्म दिनको अबसर पारेर झापा शुरुंगा माइती घर भै गुल्मी छत्रकोट गाउँ पालिका वार्ड न ४श्रीङगा रुप्सेमा कर्म घर हाल हाल वेस्ट हार्टफोर्ड कनेक्टिकट अमेरिका निवासी कृपा कंडेल (पराजुली)ले नेपालकै चार धाम मध्येको एक धाम रुरु क्षेत्रमा आफ्नो प्रधान कार्यलय स्थापना गरि बिबिध कार्यक्रम सन्चालन गरिरहेको रुरु धार्मिक सेवा सन्चार प्राली रिडीलाई १ सेट कम्पुटर प्रदान गर्नु भएको हो । उनका श्रीमान कृष्ण कंडेलले पनि अमेरिकामा संगै रहेर विविध क्षेत्रमा आर्थिक प्राबिधिक तथा विभिन्न स्थानहरुमा भुमि दान गरिरहेको बताउनु भयो। रुरु धार्मिक सेवा सञ्चार प्राली रिडीलाइ दैनिक कार्यलयको काममा सहयोग पुर्याउन,महत्त्वपूर्ण कागजातलाई सधै भरि सुरक्षित राख्नको लागि प्राली कार्यलय लाई कम्पुटर प्रदान गरिएको कृष्णले बताउनुभयो । यस सस्था स्थापना काल देखि निरन्तर रुपमा यस कार्यलयलाई विभिन्न सहयोग प्रदान गर्दै आइरहेको कंडेलले बताउनु भयो । परिवारले स्व पिता बिष्णु कंडेलको स्मृतिमा पाल्पाको अर्गली देउराली डाँडामा आधुनिक प्रतीक्षालय निर्माण , रुरु क्षेत्र गाउँपालिकाको खेल मैदान निर्माण कार्यको लागि जगा प्रदान , यस्तै आफ्नै जन्म भुमिमा निर्माण भैरहेको सिबालय मन्दिर लागि जगा प्रदान, सामाजिक सस्थाहरुमा सहयोग पनि गरिरहेको कृपाले बताउनु भयो । गरिब बिपन्न बालबालिका, वृद्ध, वृद्धा , हरुलाइ सहयोग पनि समय अनुसार गरिरहेको कंडेल परिवार बताउछन । यस सस्थालाइ दैनिक कार्यलयको काममा सहयोग पुर्याउन कृष्ण सित कम्पुटर माग गरेपछि उहाँले कुनै पर्व तथा जन्म उत्सबको अबसर पारेर हस्तान्तरण गर्ने बताए अनुसार सस्थाका अध्यक्ष तथा पत्रकार चुरामणि तिमिल्सिना लाइ प्रदान गरिएको कंडेलले जानकारी दिनुभयो । कम्प्युटर ग्रहण गर्दै तिमिल्सिनाले कंडेल परिवार समाजसेवा प्रती निकै लागिरहेको र यस संस्थालाइ आवश्यक अनुसार जिन्सी सामाग्री प्रदान गरिरहनु भएको हुनाले हार्दिक धन्यवाद दिनु भयो ।
Discussion about this post