तिनाउको खुर्सानेगाउँमा निशुल्क स्वास्थ्य शिविर

14
SHARES
115
VIEWS


बिष्णु पाण्डे पाल्पा , कार्तिक -१७ तिनाउ गाउँपालिका वडा नं. २ को खुर्सानेगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । १ दिने स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको थियो । तिनाउ गाउँपालिका स्वास्थ्य शाखा र नेपाल जेसुइट सोसाइटी घोरबन्दाको पहलमा १ सय २५ जनाको स्वास्थ्य परीक्षण गरिएको तिनाउँ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताउनुभयो ।
स्वास्थ्य शिविरमा तिनाउँका खुर्साने, आरखुदी, बगाहा, खुलखुले, हरियाली गाउँ लगायतका ठाउँहरुका स्थानीयको स्वास्थ्य परीक्षण गरिएको थियो । गाउँपालिकाका स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्था भन्दा टाँढाका बस्तीहरुमा मासिक स्वास्थ्य शिविर संचालन हुदैं आएको गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो । गाउँपालिका भित्र ४ वटा स्वास्थ्य केन्द्र र ८ वटा स्वास्थ्य इकाई छन्, त्यहासम्म पुग्न अप्ठेरो हुनेबस्तीहरुमा स्वास्थ्य शिविर चलाउने गर्दछौं । अध्यक्ष घर्तीमगरको भनाई छ ।
स्वास्थ्य शिविरमा नेपाल जेसुइट सोसाइटीकी व्यवस्थापक सिस्टर मेरी, स्वास्थ्यकर्मी दुर्गालाल श्रेष्ठ, सुरज कुमाल लगायतले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । तिनाउका वडा नं. १ को ठूलीउदाङ र तालमुर्थुम, वडा नं. २ को खुर्साने र हरियालीगाउँ, वडा नं. ३ को ज्यामिरे, वडा नं. ४ को सत्यवती, वडा नं. ५ को विस्कुनडाडा र चौविसमाइल तथा वडा नं. ६ को पाटन र शिखरडाडामा मासिक शिविर संचालन हुदै आएको गाउपालिकाका प्रवत्ता राजेश श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार