कार्तिक -१८ , गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो २४ घण्टाको अद्यावधिक विवरण अनुसार हाल स्याङ्जामा ५४ जना सक्रिय संक्रमित रहेका छन् । स्याङ्जामा कोरोना भाइरस संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। यस्तै गरि ४८३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज २६ वटा नमूना परिक्षण गरिएको थियो। जस मध्ये चार जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो संगै स्याङ्जामा कुल कोरोना संक्रमितको सङ्ख्या ५४३ जना पुगेको छ।
Discussion about this post